कल्याण ज्वेलर्स रक्सौल शो–रूमको प्रथम वर्षगाँठ समारोह सम्पन्न

बिरगंज १ भाद्र । रक्सौलको लक्ष्मीपुरस्थित कल्याण ज्वेलर्स शो–रूमको उद्घाटन भएको पहिलो वर्षगाँठ आज आइतबार हर्षोल्लासपूर्वक सम्पन्न भएको छ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि म्हणून रक्सौलका एसडीएम मनीष कुमार, प्रहरी उपाधीक्षक मनीष आनन्द, एसएसबीका डिप्टी कमान्डेन्ट नवीन कुमार, बिहार राज्य विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. अनिल कुमार सिन्हा, रजिष्ट्रार आशीष अग्रवाल, तथा शो–रूमका सञ्चालक अरविन्द सर्राफ र सन्तोष सर्राफले संयुक्त रूपमा दीप प्रज्वलन तथा केक काटी वर्षगाँठको खुशी साझा गरे।

प्रमुख अतिथिले कल्याण ज्वेलर्स रक्सौल व्यवस्थापनको प्रशंसा गर्दै भने– “कम समयमा नै शुद्धता र आकर्षक डिजाईनका कारण यो शो–रूमले ग्राहकको विश्वास जित्न सफल भएको छ। यही कारण कल्याण ज्वेलर्स देशकै प्रमुख र विश्वासिलो ब्रान्ड बनेको छ।”

यस अवसरमा शो–रूमका सञ्चालक अरविन्द सर्राफले रक्सौलवासीप्रति आभार व्यक्त गर्दै भने– “गत एक वर्षमा ग्राहकहरूले देखाएको विश्वास र स्नेहकै कारण आज कल्याण ज्वेलर्स, रक्सौल उत्तर बिहारकै नम्बर–वन शो–रूमको रूपमा स्थापित भएको छ।”

समारोहमा शो–रूमलाई भव्य सजावट गरिएको थियो। आगन्तुक अतिथिहरूलाई गुलाबको फूल र मिष्ठान्नले स्वागत गरियो। साथै, कोलकाताबाट आएका कलाकारहरूले प्रस्तुत गरेका गीत–संगीतले वातावरण उत्सवी बनेको थियो। उपस्थित महिला तथा पुरुषहरूले ज्वेलरीको संग्रह (कलेक्सन) हेरेर “अद्भुत, अतुलनीय र अभूतपूर्व” भन्दै प्रशंसा गरे र धेरैले मनपर्ने गहना खरिद समेत गरे।वार्षिकोत्सवको अवसरमा सबै आगन्तुकलाई पुष्पगुच्छा र अंगवस्त्रले सम्मान गरिएको थियो।

यसै अवसरमा लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी बिमल कुमार सर्राफले कल्याण ज्वेलर्स परिवारलाई बधाई दिँदै भने– “कल्याण ज्वेलर्सको शो–रूमले रक्सौललाई नयाँ पहिचान दिएको छ। अब यहाँका नागरिकहरूलाई शुद्ध गहना किन्न महानगर धाउनुपर्दैन।”

कार्यक्रममा स्थानीय विधायक प्रमोद कुमार सिन्हा, शिक्षक लक्ष्मीप्रसाद, कपिलदेव पटेल, भाजपा जिल्ला अध्यक्ष अशोक पाण्डे, रजनीश प्रियदर्शी, आलोक कुमार श्रीवास्तव, म. निजामुद्दिन, राजकुमार रौनियार, दिनेश प्रसाद, पूनम सर्राफ, सरोज गिरी, ज्योति राज गुप्ता, श्रीकान्त दुबे, अनुराधा शर्मा लगायत नगरका विभिन्न प्रतिष्ठित नागरिक तथा मिडिया प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

सञ्चालक अरविन्द सर्राफका पिता हरिशंकर सर्राफले समेत सबै आगन्तुकलाई धन्यवाद दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box