सनातन आस्थाको प्रतीक ‘हनुमान चालीसा’ पाठमा श्रद्धालुको बढ्दो सहभागिता

वीरगंज, साउन १३ वीरगंज महानगरपालिकास्थित महावीरस्थान मन्दिर नजिक आज १२४ औं हप्ता सामूहिक हनुमान चालीसा पाठ भव्य रूपमा सम्पन्न गरिएको छ।

Advertisement

हनुमान चालीसा पाठ समितिको आयोजनामा हरेक मंगलबार नियमितरूपमा आयोजना हुने यस कार्यक्रममा आज पनि भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै समितिका सचिव प्रधुमन सराफले बताए, “सप्ताहिक सामूहिक पाठ कार्यक्रम सनातन धर्ममा श्रद्धा राख्ने भक्तजनको भावनात्मक एकता र धर्मप्रतिको समर्पणको प्रतीक हो। १२४ औं हप्तादेखि यो श्रृंखला अविरल रूपमा निरन्तर चलिरहेको छ, र यसमा सहभागिता बढ्दो क्रममा छ।”

महावीरस्थान मन्दिरको छेउमा मंगलबार बिहान ८ बजेदेखि सुरु भएको हनुमान चालीसा पाठमा रास्ट्रिय समाचार समितका बिरगंज प्रमुख हिमाल लम्साल,युवा नेता एवं समाजसेवी दिलिप कार्की,बिकि सरार्फ,प्रधुमन सरार्फ लगाएतका स्थानीय भक्तजन, व्यवसायी तथा युवा स्वयंसेवकहरूको सक्रिय सहभागिता देखिएको थियो।

समितिका सदस्यहरूका अनुसार कार्यक्रमको उद्देश्य केवल धार्मिक पाठ गर्नु मात्र नभई समाजमा सकारात्मक ऊर्जा, संयम, सद्भाव, तथा सनातन संस्कृतिप्रति जागरूकता फैलाउनु रहेको छ।कार्यक्रममा हनुमान चालीसाको सामूहिक पाठपछि प्रसाद वितरण तथा सामूहिक प्रार्थना समेत गरिएको थियो।

पाठ समितिका अनुसार आगामी मंगलबार १२५ औं हप्ताको पाठ विशेष कार्यक्रमको रूपमा आयोजना गरिने तयारी भइरहेको छ, जसमा विशेष पूजाआजा र भजन संध्या कार्यक्रम पनि समावेश गरिनेछ।

स्थानीय स्तरमै धर्म, संस्कार र एकताको सन्देश प्रवाह गर्दै आइरहेको हनुमान चालीसा सामूहिक पाठ कार्यक्रमले वीरगंजमा एक सशक्त धार्मिक चेतना र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box