ठाकुरराम क्याम्पस का सभापति यादवको अध्यक्षता मा रक्तदान कार्यक्रम

 

Advertisement

बिरगंज १२ जेठ । वीरगन्जस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजको प्राङ्गणमा आयोजित सो रक्तदान कार्यक्रममा एक महिला सहित ६१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंगले जनाएको छ ।

रक्तदान गर्नेहरुमा प्रिती पटेल, दिपेन्द्र साह, उमाशंकर यादव, निराजन कुमार गुप्ता, राहुल सिंह राजपुत, जय नेपाल चौरसिया, राजु पटेल, गुड्डु पटेल, सकलेन मुस्ताक, आलोक सिंह, रिकेश यादव, राहुल साह, बृजकिशोर गोसाई, सुहेल अन्सारी, प्रेम सागर, इम्तियाज हुसेन, प्रेम सागर चौधरी, उज्ज्वल उपाध्याय, राजेश्वर यादव, आकाश प्रसाद कानु, गौतम पञ्जियार लगायत रहेका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन ठाकुररामका सभापति राजकुमार यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता अरविन्द गुप्ता, अतिथिहसोमबार क्याम्पस परिसरमै आयोजित कार्यक्रममा १ महिला सहित ६० जना पुरुषले रक्तदान गरेका छन्। कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा आम नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य हाल वीरगन्ज ब्लड बैंकमा देखिएको रगत अभावलाई केही हदसम्म सम्बोधन गर्नु रहेको आयोजकले बताएका छन्। स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजकुमार यादवका अनुसार आपतकालीन अवस्थामा रगतको अभावका कारण बिरामीहरू समस्यामा पर्न थालेपछि यस्तो कार्यक्रम आयोजना गरिएको हो।

उनले भविष्यमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box