काठमाडौ । काठमाडौ उपत्यकासहित देशभर फैलिएको डेंगु अझै पनि नियन्त्रण बाहिर रहेको छ । उपत्यकासहित देशभर फैलिएको डेंगु अझै पनि नियन्त्रण बाहिर रहेको छ ।
देशभर डेंगुबाट संक्रमित हुनेको संख्या ४ हजार बढी नाघिसकेको छ । सरकारी अस्पतालहरुमा उपचार गर्न बेडको अभाव हुन थालेको छ । बर्षा सुरु भएसंगै फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन । एडिज एजिप्टाई नामक लामखुट्टेले मानिसलाई टोकेमा डेंगु संक्रमण हुन्छ । यो लामखुट्टे मनसुन सकिने समयतिर बढी सक्रिय हुन्छ । विशेष गरी गमला, ट्याङ्कीमा भरेको पानी, कुलर, खाल्डा खुल्टी लगायतका ठाउँमा यो जातको लामखुट्टे बस्ने र फुल पार्ने गर्दछ ।
देशभरका ६८ जिल्लामा फैलिएको डेंगु संक्रमण काठमाडौ उपत्यकामा अझ बढी देखिएको छ । कुनै ठाउँमा घरका सबै सदस्य संक्रमित भएको पाइएको छ । डेंगुका विरामीको चाप बढ्दा अस्पतालहरुमा उपचार गर्न बेडको अभाव हुँदै आएको छ । काठमाडौको क्षेत्रपाटी निःशुल्क अस्पतालमा बेड नहुँदा अस्पताल परिसरमा टेन्ट राखेर विरामीको उपचार गरिदैं आएको छ ।
पानी पर्ने सिजन अझै नसकिएकाले डेंगुको जोखिम पनि नसकिएको चिकित्सकहरु बताउँछन् । डेंगु भए पछि शरीर दुख्ने, ज्वरो आउने, आँखा दुख्ने, वाक–वाक लाग्ने, बान्ता हुने, खाना नरुच्ने, पखालालगायतका लक्षण देखिने गर्दछन् । सामान्यतया डेंगु भएकाहरुले झोलिलो खानेकुरा बढी खान चिकित्सकहरु सुझाउँछन् । यस्तै यो जातका लाखमुट्टे विहान तथा साँझको समयमा बढी सक्रिय हुने हुनाले यस समयमा अढी सतर्क हुनुपर्ने देखिन्छ ।
डेंगुको संक्रमण सार्ने एडिज एजिप्टाई जातको पोथी लामखुट्टेको वासस्थान नष्ट गर्न र कीट खरिद गर्न मात्र सरकारले गत दुई वर्षमा झन्डै ११ करोड खर्च गरेको छ । सन २००४ सालमा नेपालमा पहिलो पटक देखिएको डेंगुे सन् २०१९ मा आएर प्रकोपको रुपमा फैलिएको थियो । हरेक बर्ष डेंगुको जोखिम बढ्दै जान थालेपछि यो बर्ष पनि सरकारले १ करोड ७० लाख बजेट छुट्याएको छ ।
डेंगु नियन्त्रणको मुख्य उपाय नै लाम्खुट्टेको नियन्त्रण हो । डेंगुबाट जोगिन सबैभन्दा पहिला नागरिक आफै सजक हुनुनुपर्ने देखिन्छ ।