समाजबादी प्रेस संगठन पर्साको सातौं बैठक सम्पन्न, राष्ट्रिय भेला सफल पार्न आग्रह

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको सातौं बैठक बिहिवार वीरगंजमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष आसमहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते आईतवारका दिन काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा प्रतिनिधिको रुपमा सहभागी भई सफल पार्न निर्णय गरेको छ ।
भेलामा सहभागी हुने प्रतिनिधिहरुले स्वयं खर्च व्यहोर्नु पर्ने, कुनै पनि कार्यालय, व्यापारी, उद्योगी सँग चन्दा नलिने बैठकले निर्णय गरेको छ । तथापि कुनै पनि व्यक्तिले समाजवादी प्रेस संगठन नेपाल पर्साको नाममा चन्दा आतंक मच्चाई पर्सा संगठनलाई बदनाम गर्न खोजे प्रहरी तथा अन्य नियमनकारी निकाय अथवा यस संगठनलाई खबर गरी सहयोग गरिदिन हुन बैठकले अपिल समेत गरेको छ ।
साथै बैठकले गत मंसिरको २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको बिषयमा समिक्षा समेत गरेको छ । पत्रकार महासंघ पर्साको निर्वाचनमा प्रेस सेन्टर नेपाल, प्रेस मञ्च लगायतका संगठनहरु सँग भएको गठबन्धनले ईमान्दारी पूर्वक मत दिई समाजवादीबाट नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद् सदस्यमा राघव साह र पर्सा शाखाको सह–सचिवमा अजय चौरसियालाई विजयी गराएकोमा सम्पूर्ण पर्सेली मतदाता पत्रकारहरुमा बैठकले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।
सो बैठकमा पर्साका उपाध्यक्ष दिपक कुशवाहा, सचिव रामअनुप यादव, सह सचिव श्रीराम रौनियार, जय कुमार यादव, कोषाध्यक्ष रामेश्वर चौरसिया, सदस्यहरु रंजित चौरसिया, दिपेन्द्र गिरी, राकेश जायसवाल, दिपक चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.