हिन्दू योद्धा स्वर्गीय तिवारीलाई सहिद घोषणा गर्न नेजपाद्वारा सरकार संग माग, सालिकमा माल्यार्पण र परीवार सम्मान

वीरगंज १६ माघ । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिद्वारा शहिद दिवसको उपलक्ष्यमा हिन्दू योद्धा स्वर्गीय काशीनाथ तिवारीको अशोकवाटिका स्थित श्मशानघाट चौकमा रहेको सालिक सरसफाई एवं माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ।
सनातन धर्म रक्षा एवं हिन्दू राष्ट्र नेपाल स्थापना हेतु कार्य गर्ने हिन्दू युवा संघका संस्थापक केन्द्रीय अध्यक्ष स्वर्गीय काशीनाथ तिवारीको माओवादीले २०६७ साल असार १३ गते बीरगंजमा हत्या गरेको थियो।
जिल्ला प्रशासन कार्यालय पर्सामा तत्कालीन सम्पूर्ण राजनीतिक दल एवं जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थितिमा शहीद घोषणा गर्ने सहमती गरी गृह मंत्रालयमा पठाईएको थियो। राजनीतिक बेइमानीको कारण काशीनाथ तिवारीलाई हाल सम्म शहीद घोषणाबाट उपेक्षित गरीएको छ।
हिन्दूवादी पार्टी, संघ-संस्थाले स्वर्गीय तिवारीलाई हिन्दू शहीदको रुपमा सम्मान गर्दै आएका छन। स्वर्गीय तिवारीले सनातन धर्म रक्षाको लागि गर्नु भएको अमूल्य योगदानको कदर गर्दे आज नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले शहीद दिवसको उपलक्ष्यमा सालिक बृहत सरसफाई एवं माल्यार्पण संगै तिवारी पत्नी बबीता तिवारी सहित परिवारका अन्य सदस्यगणहरु लाई सम्मान गरेको थीयो।
नेपाल जनता पार्टी पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा नेजपा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, पारस दुबेदी, शिक्षाप्रेमी राजेन्द्र सिंह, नेजपा पर्सा जिल्ला उपाध्यक्ष धीरज साह कानू,कार्य समिति सदस्यहरु प्रमोद शर्मा, सुमंत कुमार दीप, अंशु कुमार प्रजापति,संतोष कुशवाहा, बहुदरमाई नगरपालिका संयोजक मुना साह तेली सहित विभिन्न धार्मिक संघ-संस्था,राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी, सुरक्षाकर्मीहरुको सहभागी रहेको थीयो।

Advertisement
Advertisement
Advertisement
Advertisement
Facebook Comments Box