सनलाइट बिधालयले आयोजना गरेको फुड फेस्टिभल स्टलहरुमा विद्यार्थीहरुले विभिन्न खाने कुरा प्रदर्शन

वीरगंज ९ माघ । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको सनलाइट क्याम्पसमा अध्यानरत विद्यार्थीहरुले आज क्याम्पस परिषद्मा फुड फेस्तिभल प्रदर्शन तथा विभिन्न परिकारहरुको स्टल राखिएको हो ।

सनलाइट क्याम्पसका क्याम्पस प्रमुख डिके चौरसियाको अध्यक्षता तथा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सो फुड फेस्तिभल प्रदर्शन तथा विभिन्न खाद्यान्नहरुको स्टल राखिएको थियो । प्रमुख अतिथि श्रीवास्तवले विद्यार्थीहरुको आफ्नो प्रतिभालाई यसरी नै पिल्ट फर्म अर्थात अवसर दिएर क्षमता देखाउने काम गर्नुपर्ने बताए ।

निजी बिधालय तथा निजी कलेजहरुले गुणस्तरीय शिक्षा संगै ब्यवहारीक शिक्षाको अहिलेको आवश्यकता रहेकोले यसरी फुड फेस्तिभल बेला बखत गर्नुपर्ने श्रीवास्तवले बताएका छन् । त्यसैगरी गौतम स्कुलका डाइरेक्टर सोनाम लामाले विद्यार्थीहरुको प्रतिभा देखेर धेरै खुशी लागेको बताएका हुन ।

उनलेे बताए अनुसार अब हरेक कलेज र बिधालयहरुले बेलाबखत फुड फेस्तिभल गरेर विद्यार्थीहरुलाई यस्तो सुनौलो अवसर दिन सके उनीहरूको भबिस्य नेपालमा नै सुनिश्चित गर्न सक्ने बताएका छन् ।सनलाइट कलेज दुारा आयोजनामा सनलाइटका विद्यार्थीहरुले विभिन्न ३० परिकार भन्दा धेरै स्टलहरु राखिएको थियो ।

स्टलहरुमा सेल रोटी ,घोङी,पानी पुडी,कुखुराको रोस्त,चटपटे,अचार,चप,लगायतका परिकार राखिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले मजाले स्वाद लिएका थिए।

कार्यक्रममा क्यान महासंघ पर्साका अध्यक्ष मनिष सिंह ,जीवन ज्योति स्कुलका डाइरेक्टर शिवजी गुप्ता ,गौतम स्कुलका डाइरेक्टर सोनम लामा ,ओम नेशनल एकेडेमीका प्रिन्सिपल हरि श्याम ठाकुर ,सनलाइट माविका प्रिन्सिपल आलोक चौरसिया ,पकाहामैनपुर गाउँपालिकाका पुर्व प्रमुख बिजय चौरसिया, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,मिरमिरे अनलाइन मधेस प्रदेश संयोजक दिपक चौरसिया,कोडिनेटर राजन चौरसिया ,प्याब्सन मधेस प्रदेश सदस्य इमामुदीन अहमद ,शिक्षक बलराम श्रेष्ठ लगायतको विशेष उपस्थित रहेको थियो ।

भने फुड फेस्तिभलमा राखिएका खानाका परिकारहरुको अभिभावकहरु विद्यार्थीहरुले अवलोकन गरि स्वाद लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.