जनकपुरमा दिनदहाडै धारिलो हतियार प्रहार गरी १ जना युवकको हत्या

जनकपुरधाम । जनकपुरमा धारिलो हतियार प्रहार गरी १ जना युवकको हत्या भएको छ । महोत्तरीको एकडाँडा गाउँपालिका बस्ने २० वर्षीया प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएकाे छ ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो ।

हत्या आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय गणेश साहका छोरा २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका साह र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.