दिपक चौरसिया
बिरगंज २० पुस ।
सबैको लागि श्रीनिधि सहकारी भन्ने नाराका साथ श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ अौ वार्षिक साधारणसभा आज नगर सभा हलमा सम्पन्न भएको छ।
श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमे चुडामणिा बज्राचार्यको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उदघाटन समारोहमा उप्रेतीले अहिले ठूला सहकारी संस्थाहरुमा देखिएको समस्या यश सहकारी संस्थाले धेरै उपलब्धि हासिल गरेको बताए । संस्थाले अहिलेसम्म संस्थागत रुपमा बचतकर्ताहरुको विश्वास जित्न सफल भएकोमा बधाई समेत दिनुभएको छ।
ठूला सहकारी भनाउदाहरुले बदमासी गरेको भए पनि राम्रो सहकारीलाई पनि केही सामान्य असर भने गरिरहेको हुनाले यसमा अलिकता पनि संकोच नमानि आफ्नो काममा लागि रहन सुझाव समेत उप्रेतीले दिनुभएको छ।साधारणसभाको उदघाटन समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित ,सहकारी विकास बोर्ड पुर्व संचालक सदस्य शम्भु गुप्ता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुन का पुर्व संचालक सदस्य हरेराम पटेल ,को अपरेटिभ म्यानेजर्स क्लबका संस्थापक अध्यक्ष एवम् संघका महासचिव जिष्णु बराल,को अपरेटिभ म्यानेजर्स क्लब पर्साका अध्यक्ष रविभुषण श्रीवास्तव,बीरगंज महानगरपालिका सहकारी शाखाका सुनिल कर्ण,राष्ट्रिय सहकारी बैंकका संजय महतो,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुन फिल्ड कार्यालय प्रमुख गौतम साह,गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उमेश साह, बिस्कोका डिल्ली बिक्रम कार्की नेपाल पत्रकार महासंघका उपाध्यक्ष युवराज खण्डका लगायतले आ,आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा अन्य सहकारी संस्थाका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रममा संस्थाको वार्षिक गतिविधि तथा आयब्याय संस्थाका कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले गर्नुभएको थियो ।उहाँले वार्षिक आयब्याय प्रस्तृति गर्ने क्रममा संस्थाको कुल कारोबार ९७ करोड ४३ लाख ७३ हजार रहेकोमा शेयर पुजी ४ करोड ८३ लाख ८९ हजार र बचत संकलन ६९ करोड ७४ लाख ७९ हजार र जगेडा कोष ४ करोड ७ लाख ४५ हजार र खुद नाफा १ करोड ३१ लाख ४ हजार गरेको बताए र अहिले संस्थाको आफ्नै भवन तयारी हुन लागेको जसमा १५.५ धुर जग्गा खरिद गरिएको १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन् । कार्यक्रममा स्वागत मनतब्य वरिष्ठ सल्लाहकार डाक्टर सुरेन्द्र चौरसियाले गर्नुभएको थियो । भने सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।