जनकपुरमा माछामासु, मदिरा विक्री वितरण तथा ओसारपोसार गर्न निषेध

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रभित्र विवाहपँचमीलाई मध्यनजर गर्दै माँस मदिराको विक्री वितरण तथा ओसारपोसार गर्न निषेध गरेको छ । 

यसपालीको विवाहपँचमी महोत्सव शान्त र सौहार्दपूर्ण वातावरणमा मनाउनको लागि शुक्रबार बसेको सर्वपक्षीय तथा सरोकारबालाहरुको बैठकले जनकपुरधाम क्षेत्रभित्र ५ दिनसम्म मदिरा, माँस, माछा विक्री वितरण तथा ओसार पोसार गर्न निषेधको सूचना जारी गरिएको हो । 

मँसिर २८ गते राती १२ः०० बजेदेखि पुस १ गते राती १२ः०० बजेसम्मको लागि जनकपुरको परिक्रमा क्षेत्रभित्र पूर्ण रुपमा माँस मदिरा विक्री वितरणमा रोक लगाउन प्रशासनले सूचना जारी गरेको हो । 

विवाहपँचमीको अवसरमा तोकिएको दिनमा समेत माँस, माछा, मदिरा विक्री वितरण गरिएको पाईएमा वा ओसार पोसार गरिरहेको पाईएमा कानुनी कारवाही हुने बताईएको छ । यसको  लागि बजार अनुगमनको लागि सिभिलमा प्रहरी खटाईने जनाईएको छ । 

सर्वसाधारणले निषेध वस्तुहरु विक्री वितरण भईरहेको खवर गर्न समेत प्रशासनले आग्रह गरेको हो । साभार news bureau nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.