उमेश दुबे
पर्सा, १९ असोज / हिन्दुहरुको महान पर्ब दशै नजिक्दै जादा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा पर्सा जिल्लाको सीमा नाकाहरुबाट व्यापक रुपमा तस्करीको कार्य फस्टाउदै गएको छ । मुलुकको एक मात्र बढी राजस्व उठ्ने ठाउ वीरगंज भन्सार पछाडीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा प्रत्येक दिन करोडौ बराबरको मालसमान आयात तथा निर्यात भइरहेपनि सम्बन्धीत निकाय मौन नै धारण गरेको पाइएको हो ।
वीरगंज भन्सार नजिकै रहेको इनर्वा गाउ हुदै दर्जनौ तस्करी गर्ने तस्करहरु अवैध धन्दा सुचारु राखेपनि सीमामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरी आर्थिक प्रलोभनमा परी तइचुप मइचुप बन्न बाध्य बनेका छन । तस्करी गर्ने गिरोहका मुख्य नाइकेहरु माथिल्लो निकायसम्म आर्थिक भागबन्डा मिलाए पश्चात तस्करी गर्ने छुट नै पाएका छन । स्थानीय प्रहरी चौकीदेखि प्रदेश स्तरीय प्रहरीसम्म रकमको भागबन्डा पुगिसकेकै कारण निर्धक रुपले निर्वाध रुपमा अवैध धन्दा सुचारु नै राखेको बुझिन्छ ।
इनर्वा गाउ हुदै दर्जनौ तस्करहरु तस्करी गर्न सल्बलाएका मात्र छैन्न, प्रति दिन करोडौ बराबरको लताकपडा अवैध रुपले नेपाल भित्रयाउन सफल समेत भएका छन । जसको जल्दो बल्दो उदाहरण हो, इनर्वा गाउबाट भित्रिएको कपडा बाराको पथलैयाबाट पक्राउ । बिगत ३ दिन अगाडी इनर्वा नाकाबाट नेपाल भित्रिएको लताकपडा बाराको प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको थियो । भन्सार छलि नेपाल भित्रयाइएको फोर्ड कार सहित एक जना तस्करलाई समेत पक्राउ गरी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको वीरगंज भन्सार कार्यालयको रेकर्डबाट प्रमाणित हुन्छ ।
वीरगंज भन्सार पछाडीको इनर्वा टोल हुदै दर्जनौ तस्करहरु सकृय रहेका छन । दशैंको मुखमा लताकपडा लगायत बिष्फोटक पदार्थ नेपाल भित्रयाउने क्रम जारी राखेपनि सम्बन्धीत निकायको मौनता माथि प्रश्ण चिन्ह खडा भएको छ । इनर्वा टोल हुदै सुरेन्द्र, सत्रुधन, मदन लगायत दर्जनौ ठुला वडा तस्करहरुको तस्करी कार्य सुचारु नै रहेको पाइन्छ । तस्करी गराउन राज्यले नै छुट दिएको हो कि ? हेर्न मात्र बाकी रहेको छ ।