एनसेलका सीईओ भन्छन्ः युवाले ठूला सपना देख्नुपर्छ

काठमाडौं । एनसेल आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न आह्वान गरेका छन् । शनिबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ लाई सम्बोधन गर्दै जाब्बोरले युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अघि बढ्न प्रेरित गरे ।

Advertisement

युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब पाँच हजार युवाहरूको सहभागिता थियो । ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ शीर्षकमा भएकाे कार्यक्रममा जाब्बोरले आफ्नो प्रस्तुति राख्दै युवाहरूलाई लगनशीलताका साथ लक्ष्यमा अघि बढ्न प्राेत्साहित गरे ।

उनले भने, “प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन् ।”

उत्साही युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्त्व र लगनशीलतामा जोड दिनुपर्ने बताए । “यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाईंले सपना देख्नुपर्छ,” उनले भने, “आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।”

कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, चर्चित मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, ईसेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासजस्ता प्रेरणादायी वक्ताहरू थिए ।

“व्यक्तिगत रूपमा युवाहरूसँग जोडिन पाएकोमा र उहाँहरूको ऊर्जा देखेर म साँच्चै प्रेरित भएको छु । यस किसिमको सम्मेलनले युवा प्रतिभाहरूको प्रवर्द्धनमा सहयोग गर्ने एनसेलको प्रतिबद्घतालाई बढावा दिन्छ,” जाब्बोरले भने, “यस मञ्चमा आएर युवाहरूलाई प्रेरणास्वरूप केही कुरा राख्न पाएकोमा केवाईसी आयोजकप्रति आभारी छु ।”

विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वहरूको अनुभव र ज्ञान युवाहरूमाझ बाँडेर हौसला बढाउने यस सम्मेलनको प्रमुख उद्देश्य थियो । यो सम्मेलन युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको थियो ।साभार (टेक्पाना)

 

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box