साहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सोमबार सम्पन्न शिविरमा ३४१ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए । आँखा जाँच गरिएका विद्यार्थी मध्ये २० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या ‘आई फ्लु’ भेटिएको र त्यो नियन्त्रणको क्रममा देखिएको आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए।
यस्तै जाँच गरिएकामध्ये ५३ जना विद्यार्थीमा भने दृष्टि दोषको समस्या देखिएको पनि उनले बताए । आँखा पाक्ने समस्या देखिएका विद्यार्थीलाई शिविरमा निशुल्क औषधी समेत उपलब्ध गराइएको शिविरमा खटिएका दृष्टि विशेषज्ञ अञ्जली मेहताले जानकारी दिइन ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा महानगरका विभिन्न विद्यालयमा आँखा जाँच शिविर संचालन भइरहेको छ । मंगलबार पनि सोही विद्यालयमा शिविर संचालन हुने साहिब दरबारका अध्यक्ष सहनीले जानकारी दिए । सोमबार सम्पन्न शिविरमा साहिब दरबारका प्रेरणा श्रेष्ठ, सुरज गुप्ता, रमितामाया गुप्ता, अवधेस यादव, हफिज मियाँ लगायतको समेत उपस्थिति रहेको थियो । (साभार नेपाल बहस)