वीरगंज ।वीरगंज महानगरपालिका वड़ा २९ र ३० मा बाटो बिग्रेको कारण आवत जावत गर्न कठिन भएको देखिन्छ।
वीरगंज महानगरको पूर्वाधार बिकाश समितिका संयोजक मनोज कुमार यादव टोली मा वड़ा अध्यक्ष १४महबूब एलाही तथा वड़ा अध्यक्ष १३ का हिरा गिरी तथा सदस्य सचिव बिजय गुप्ता को टोलीले बड़ा २९ र३० मा बिभिन्न ठाउँमा आपत्त कालीन ग्रेबल खसेको अनुगमन गर्नु भएको छ ।

पानी परेको कारण बाटो बिग्रेको सुन्न साथ मनोज यादव ले नगरप्रमुख सिंह लाई जानकारी गराएको लगत नै मेयर सिंह ले उक्त बाटो लाई आवत जावत गर्न ग्रेबल ख़सालने निर्देशन दिनु भयो ।
ग्रेबल सही ठाउँ मा खसेको र आवश्यक ठाउँमा चाहियो जति के कसरी कार्य भएको मनोज यादव को टोली ले समेत अनुगमन गरेको छन ।
Facebook Comments Box




