बिरगंज १२ असार । पर्साका एकजना युवा छोटो अवधिमैं सामाजिक सञ्जाल युट्युबमा लोकप्रिय बनेका छन् । पकाहामैनपुर गाउँपालिका-३ पकाहाटोल बस्ने १८ वर्षीय आर्यन चौरसिया दुई वर्ष अवधिमा शर्ट भिडियोमार्फत लोकप्रिय बनेका हुन् ।
उनी आइक्यु र सत्य घटनामा आधारित छोटो भिडियो बनाएर देश- विदेशमा लोकप्रियता हासिल गरेका छन् । पकाहामैनपुर गापाका पूर्व गापाअध्यक्ष विजय चौरसियाका छोरा आर्यनको अफिशियल चज्या (official chzya) च्यानल छ । कोरोना महामारीपछि बनाएको च्यानलमा अहिले १२ लाख ४०
हजार सबस्क्राइबर्स छन् । उनले युट्युबको एशिया महादेश हेर्ने सिङ्गापुर शाखाबाट सिल्भर र गोल्डेन प्ले बटन पनि प्राप्त गरेका छन् ।
युट्युबबाट हालसम्म चार लाखसम्म कमाइ गरेका चौरसिया आगामी दिनमा पढाइसँगै युट्युब क्रिएटरको काम पनि अगाडि बढाउने बताउँछन् । सनलाइट +२ स्कूल नगवाबाट एसइईमा ३.८५ जिपिएबाट उत्तीर्ण भएका आर्यन गोल्डेनगेट इन्टरनेशनल काठमाडौंबाट ७६ प्रतिशत अङ्ग ल्याई आइएस्सी उत्तीर्ण गरेका छन् । सफ्टवेयर इन्जिनीयर अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा छन् । सभार : प्रतीक