सिमरामा विद्यार्थीले गरेको विरोध प्रदर्शनमा प्रहरीले गर्यो लाठ्ठी चार्ज

 

वीरगञ्ज । आकाश गिरी । बाराको सिमरामा विद्यार्थी र प्रहरी विच आज विहानै परिक्षा सेन्टरमा झडप भएको छ ।

सोमबार ठाकुराममा बहुमुखी क्याम्पसमा अध्यनरत विजय शर्मा विविएसको तेस्रो खण्डको परिक्षा दिएर सिमराबाट फर्किने क्रममा मोटरसाईल दुर्घटना परि मृत्यु भए पश्चात विद्यार्थीहरुको समुहले आन्दोलन गरेका छन ।

परिक्षा सेन्टर सिमारा कलेजमा विहान ७ बजे परिक्षाको लागी बोलाईएको थियो तर विद्यार्थीहरुले परिक्षा बहिष्कार गर्दै कलेजको प्रवेश द्धारामा विभिन्न नारावाजी गर्दै विरोध प्रदर्शन गरेका छन ।

भिड नियन्त्रण गर्न प्रहरीले लाठ्ठी चार्ज गरिएको प्रत्यक्षदर्शिले बताएका छन । लाठ्ठी चार्जमा परिकेही विद्यार्थी घाईते भएका छन भने २ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । प्रहरीले पक्राउ गरेका दुई जनाको नाम अझै खुल्न सकेको छैन ।

ठाकुराममा बहुमुखी क्याम्पसको सेन्टर सारेको भन्दै सुरुका दिन देखी विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

This will close in 0 seconds

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyrights © 2023 Emadesh | Powered by Ecommerce Sathi Pvt.Ltd.