आज ३ वटा प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै देउवा

७ असार, काठमाडौं । भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन्।

Advertisement

शनिबारदेखि देउवाले प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरिरहेका छन्। देउवानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यहरूलाई छलफलमा आउन भनेका छन्।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन्। आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए। देउवाले पार्टी चलाएको र प्रधानमन्त्रीसमेत भएर अनुभव हासिल गरेकोले आफू पुन: एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेको बताइरहेका छन्।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box