छुद्र स्वभावका धनी हरि गौतमबाट उद्योगी व्यवसायीहरु असन्तुष्ट

वीरगंज २९ असोज । वीरगंज उद्योग वाणिज्य संघका ४९ औं वार्षिक साधारणसभा २०८१ सालको चैत महिनामा सम्पन्न हुँदा बिवादित व्यवसायीको रुपमा चर्चा कमाएका हरि प्रसाद गौतम अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Advertisement

उनले वीरगंज उद्योग वाणिज्य संघको कार्यभार सम्हाले देखि उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीहरुको साख गिर्दै गएपछि उद्योग वाणिज्य संघ भित्र गौतमका कारण पटक–पटक आन्तरिक लफडा हुदै आएको सर्वविदितै नै छ ।
अध्यक्ष गौतमको आनिबानी र कार्यशैली छुद्र स्वभावको रहेका कारण प्रायः उद्योगी व्यवसायीहरु असन्तुष्ट नै रहने गरेको कार्य समितिका एक पदाधिकारीले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ६० औं केन्द्रिय वार्षिक साधारणसभा २०८३ बैशाख २१ र २२ गते काठमाडौंमा सम्पन्न हुँदा अध्यक्ष हरि प्रसाद गौतम कार्य समितिको सदस्यमा मनोनयनपत्र दर्ता गराएका थिए ।

छुद्र स्वभावका धनी गौतमले आफ्ना मनोनयनपत्र दर्ता गराउँदा उनले मनोनयनपत्रमा राखेका प्रस्तावक र समर्थक समेतले उनलाई मत दिएनन् ।
देशै भरीबाट आफ्ना छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको

साधारणसभा तथा निर्वाचनमा काठमाडौंमा ओर्लिएका उद्योगी व्यवसायीहरु मध्ये एक जनाले पनि हरि प्रसाद गौतमलाई मत नदिई बहिष्कृत गरे जस्तै गरेपछि गौतमले आफ्नो एक मत आफैमा हालेर चित्त बुझाउनु परेको उद्योग वाणिज्य संघका एक सदस्यले बताए ।

उद्योगी व्यवसायीहरुबाट सामाजिक रुपमा कैयौं पटक बहिष्कृत भएका गौतम लाज पचाएर बजारमा हिडडुल गर्ने गरेको उनका आसेपासेहरु बताउंदछन् ।
सभार: पर्दाफास डेली

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box