वीरगञ्ज ११ । मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशन वीरगञ्जमा सम्पन्न भएको छ।
प्रादेशिक अध्यक्ष प्रविण श्रीवास्तवको अध्यक्षतामा आयोजित अधिवेशनमा बोल्दै केन्द्रीय अध्यक्ष लक्ष्मी कुमारी खाँडले कारागारलाई यातना गृहका रूपमा नभई सच्चा सुधार गृहका रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
कैदीबन्दीहरू पनि मानव नै भएकाले उनीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य सुरक्षा र समयमै कानुनी उपचार पाउने हकको ग्यारेन्टी हुनुपर्ने बताउँदै उहाँले थुनामा रहेका व्यक्तिहरूको न्यायिक अधिकार सुनिश्चितताका लागि मञ्चले आगामी दिनमा अझ सशक्त रूपमा पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनमा संस्थाका वरिष्ठ उपाध्यक्ष दामोदर ढकाल शर्मा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, प्रहरी नायब उपरीक्षक राजु कार्की र कारागार प्रतिनिधि सुनिल चौरसियालगायतको विशेष आतिथ्यता रहेको थियो। उहाँहरूले कैदीबन्दीको अधिकार संरक्षण र सुधार गृह निर्माणमा सरोकारवाला निकायहरू जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।
अधिवेशनले प्रविण श्रीवास्तवको सर्वसम्मत अध्यक्षतामा मधेश प्रदेशको नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा रुपा पाण्डे, रमन कुमार सिंह र बिक्रम बसनेत, महासचिवमा राधेश्याम साह सोनार, सचिवमा सन्दिप कुमार पाठक र संजीता कुमारी मण्डल, सहसचिवमा मञ्जु कुमारी सिंह र रमेश प्रसाद सरार्फ तथा कोषाध्यक्षमा म. सेराख अली चुनिनुभएको छ।
त्यसैगरी, कार्यसमिति सदस्यहरूमा मन्नु श्रीवास्तव, रबिन श्रीवास्तव, महिरू सेन मिया, नारायण त्रिपाठी, आदित्य श्रीवास्तव, नवनित प्रसाद, रञ्जीता कुमारी साह, प्रमोद कुमार साह, मनोज कुमार साह, प्रिया साह, सुरज पटेल, श्याम जी साह सोनार, मुकेश कुमार मण्डल र महिमा कुमारी चौधरी निर्विरोध चयन हुनुभएको छ।




