म्युजिक क्लास जान्छु भन्दै घरबाट निस्किएका दुई बालक नाम्दु खोलामा फेला

पाँचथर, ३ असोज । पाँचथरको फिदिम नगरपालिका–१ ठाडोलाइनबाट सम्पर्कविहीन भएका दुई बालकलाई प्रहरीले खोजतलास गरी सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–१ ठाडोलाइन बस्ने २८ वर्षीया मनिता लिम्बुले आफ्ना १० वर्षीय छोरा अमन राई असोज ३ गते बिहान करिब ७ः४० बजे म्युजिक क्लास जान्छु भन्दै घरबाट निस्किएको तर लामो समयसम्म सम्पर्कमा नआएको भन्दै दिउँसो करिब १ बजे प्रहरीलाई मौखिक जानकारी गराएकी थिइन्।

सूचना प्राप्त भएपछि प्रहरीले तत्काल खोजतलासका लागि टोली परिचालन गरेको थियो। खोजीका क्रममा प्रहरीले अमन राईसँगै उनका साथी सोही स्थान बस्ने १३ वर्षीय क्रिनसन राईलाई फिदिम नगरपालिका–१ स्थित नाम्दु खोलामा फेला पारेको जनाएको छ।

प्रहरीले दुवै बालकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई अभिभावकलाई समेत कार्यालयमा बोलाएर उनीहरूको अवस्था बुझी सकुशल अभिभावकको जिम्मा लगाएर पठाएको जनाएको छ।

प्रहरीले बालबालिका घरबाट बाहिर निस्कँदा उनीहरूको गन्तव्य, साथीसंगी र सम्पर्कका बारेमा अभिभावकले जानकारी राख्न तथा लामो समयसम्म सम्पर्कविहीन भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box