गजेन्द्र नारायण सिंह अस्पताल बाहिर बच्चा जन्माएको घटनापछि ६ कर्मचारी कामकाजबाट हटाइए

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरको मूल गेटबाहिर महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पतालले ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको छ।

Advertisement

अस्पतालले २०८३ साल भदौ २५ गते सामाजिक सञ्जालमा सम्प्रेषित भएको उक्त घटनासम्बन्धी भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। घटनाबारे छानबिन गर्न अस्पतालले समिति गठन गरेको पत्रमा उल्लेख छ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाद्वारा जारी पत्रअनुसार डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सज्जन चौधरी, का.स. रेणु ठाकुर, स्वीपर कृष्ण महतो र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको हो।

पत्रमा घटनाको छानबिनका लागि अस्पतालले गठन गरेको छानबिन समिति तथा अन्य समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्म सम्बन्धित कर्मचारीहरूलाई कामकाजबाट हटाइएको उल्लेख गरिएको छ।

अस्पतालले घटनाको वास्तविकता तथा जिम्मेवारीबारे छानबिन भइरहेको जनाएको छ। छानबिन समितिको अन्तिम प्रतिवेदनपछि घटनाबारे थप निर्णय हुने देखिएको छ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box