महानगरका ब्यवस्थापन तथा अनुगमन समितिकाले एक पसलबाट म्याद नाघेको ५७६ प्याकेट पिनट्स (बदाम) नष्ट

बिरगंज २७ मंसिर : वीरगन्ज महानगरपालिकाले मङगलबार विभिन्न पसलको अनुगमन गरेको छ । महानगरका ब्यवस्थापन तथा अनुगमन समितिका संयोजक समेत रहेका उपमेयर इम्तियाज आलमको संयोजत्वको टोलीले पसलहरुको अनुगमन गरेको हो ।

Advertisement

अनुगमनकै क्रममा एक पसलबाट अदिती ब्राण्ड भएको २८ ग्राम तौल भएको ५७६ प्याकेट पिनट्स (बदाम) म्याद नाघेको पाइएकोले नष्ट गरेको छ ।पसलधनी र अनुगमन टोलीका प्रतिनिधिहरुको रोहबरमा उक्त पिनट्स नष्ट गरिएको हो ।

अनुगमन टोलीमा महानगरका खाध अनुसन्धान अधिकृत विपिन कुमार लालदास, महानगरपालिकाका प्रतिनिधि कन्हैया ठाकुर जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादव गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि सुशान्त चौधरी ,वीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास लगायतको सहभागीता थियो ।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box