राष्ट्रिय स्वतन्त्र पार्टी भित्र आन्तरीक विवाद शुरु

काठमाण्डौँ मंसीर १८ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भित्र आन्तरीक विवाद शुरु भएको छ ।

Advertisement

उक्त पार्टीको मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई पदबाट हटाउन मागसहित त्यहाँका २४० जना सदस्यहरुले केन्द्रीय कार्यालय निवेदन दिएपछि विवाद सार्वजनिक भएको हो ।

यही मंसिर ४ को आमनिर्वाचनमा अन्तर्घात गरेको आरोपसहित न्यौपानेलाई कारवाही माग गरिएको हो। मकवानपुरस्थित २४० जना पार्टी सदस्यहरु उनलाई पदबाट हटाउन मागसहित केन्द्रीय कार्यालयमा पत्र पठाएका हु्न्।

उनीमाथि रास्वपाका समानुपातिक उम्मेदवारसँग मिलेर सौदाबाजी गरेको आरोप छ।

आफूमाथि कारवाहीको कुरा उठेपछि सभापति न्यौपानेले यसलाई पार्टीभित्र गुटबन्दीको परिणाम भनेका छन्।

उनले मंसिर ४ को निर्वाचनबाट पार्टी राष्ट्रिय दल बनेसँगै आफूविरुद्धका गतिविधि बढेका बताए। उनले अर्को दलको उम्मेदवार भेट्नुलाई राजनीतिक अभ्यासकै एउटा पाटो भएको बताउँदै त्यसलाई ठूलो मुद्दा बनाउनु गलत हुने उल्लेख गरे।

Advertisement
Advertisement
Advertisement
Facebook Comments Box